काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीस चित्रबहादुर गुरुङको इजलासले आलमलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
२०६४ सालको संबिधान सभाको निर्वाचनमा रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले गौरको इद्रिस गेटबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी प्रधान कार्यालय काठमाण्डौको विशेष टोलीले आलमलाई आइतबार बिहान पक्राउ गरेको हो ।
पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’ बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो । तर उक्त घट्नामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो ।