बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।
छलफलमा प्रस्तुत प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ। १० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ। गुरुयोजनाको लागत ६ अर्बको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ।
अस्पतालको गुरुयोजनामा सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ। गुरुयोजनाअनुसार अस्पतालको संरचनाका लागि ६ अर्बको लागत अनुमान गरिएको छ।
जसअनुसार मुख्य भवन १० तलाको हुनेछ। जसमा १२ सय शैया हुनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अस्पताल भवनको डिजाइन नक्शा मुख्यमन्त्री सहित मन्त्रीहरु, लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासंग प्रस्तुत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।