काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको बताए।
प्रा.डा.ज्ञवालीकै नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक मिर्गाैला प्रत्यारोण गरिएको हो। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगिएको थियो। प्रधानमन्त्री ओलीको शल्यक्रियाको प्रकृया ३ बजे सकिएको थियो भने उनको नयाँ मिर्गाैलाले काम गर्न सुरु गरिसकेको प्रा.डा.ज्ञवालीले बताए।
प्रधानमन्त्री ओलीको पहिलो पटक १२ बर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपणमा संलग्न डा.अनन्त कुमार र मिर्गाैला रोग विशेषज्ञ बुधबार गरिएको प्रत्यारोपण शल्यक्रियामा पनि संलग्न छन्।