अर्घाखाँची-सडकभर असिना थुप्रिएपछि सन्धिखर्क–गोरुसिंगे खण्डमा गाडी चल्न सकेका छैनन्। आइतबार बिहान सन्धिखर्कबाट बुटवल र काठमाडौका लागि छुटेका गाडी नरपानी दहखोलामा रोकिएका छन्। असिनाका कारण नरपानीदेखि ठाडासम्म बाटो अवरुद्ध छ ।
शनिबार राति परेको असिना पानीका कारण सन्धिखर्कको फुदवाङमा सडक माथिबाट आएको पहिरो बिहानै हटाएर बाटो खुल्ला गरेपनि रातामाटा र नरपानी क्षेत्रमा असिना थुप्रिएकाले गाडी चल्न नसकेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । घाम लागेर पग्लेपछि मात्रै गाडी चल्न सक्ने उनले बताए। 'लामो दूरीसम्म असिना भएकाले हटाउन संभव छैन,'-उनले भने ।