बुटवल-अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।
मंगलबार राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो।
कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सडक अवरूद्ध रहेको बताए।