काठमाडाैँ : गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् ।
समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) रहेका छन् । त्यस्तै सदस्यहरुमा सङ्घका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार( युएसए) रहेका छन् भने समितिको सदस्य सचिवमा भूषण घिमिरे जापान रहेकाे सङ्घको सचिवालयले जनाएको छ । रासस