बुटवल-अर्घाखाँची जिल्लालाई लक डाउन गर्ने निर्णय भएको छ। कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार राती १२ बजेदेखि अनिश्चितकालसम्मका लागि लकडाउन गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा सम्पन्न सर्वपक्षिय बैठकले जिल्लामा विदेशबाट आउनेको संख्या बढेको र संक्रमणको जोखिम बढेकाले अनिश्चितकालसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।
यस्ता छन् निर्णय
– कोरोना भाइरसको संक्रमडबाट सतर्कता अपनाउनका लागि अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्बजनिक, निजी सबारीका साधन मोटरसाइकल २०७६/१२/१० गते राती १२ बजेदेखि पूर्ण रुपमा आवतजावतमा प्रतिबन्ध गर्ने। मालबाहक सवारीमा रहेका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गर्ने।
– औषधि र पेट्रोल पम्प २४ सै घन्टा खुला रहने।
– खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म खुला हुने।
– दूध डेरी, सागसब्जी बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म खुला रहने।
– ठेलागाडामा सञ्चालित ब्यवसाय,आइसक्रिम लगायत बेच्न पूर्ण प्रतिबन्ध लगाईएको छ।