बुटवल-पश्चिम नवलपरासी हुकईका २४ वर्षे युवाको कोरोना परीक्षण गरिएकोमा नेगेटिभ भएको पाइएको छ।
ती युवालाई चैत्र ४ गते मङ्गलवार बेलुका ९ बजे परासीको सदरमुकाममा रहेको सरकारी पृथ्वीचन्द्र अस्पताल पुर्याइएकोमा अस्पतालले रिफर गरेपछि धेरै अस्पताल धाएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।
उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको नपाइएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए।
उनका अनुसार ती युवामा कडा खालकाे निमोनिया भएको पाइएको छ। उनको स्वास्थ्यमा सुधार आइरहेको छ।