काठमाडौं-गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदा तय गरेको छ। २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्मका चाडपर्व र अन्य बिदासहितको सूची मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।
सरकारले पर्व बिदामा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व राखेको छ। महिला कर्मचारीको लागि तीज बिदा दिएको छ। भदौ ५ गते शुक्रबार तीज बिदा छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ।
वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ। आउँदो वर्ष दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ। तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ।