बुटवल-विभिन्न क्षेत्रमा मजदूरी गरि बसेका भारतिय नागरिकहरुलाई रुपन्देही प्रशासनले उद्दार गरि क्वारेन्टाइनमा राखेेेेको छ । महामारीको रुपमा बिश्वभरि नै फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा बेला निस्किएका भारतिय मजदूरहरुलाई रुपन्देही प्रशासनले उद्दार गरि क्वारेन्टाइनमा राखेेेेको हो ।
भारतका बिभिन्न क्षेत्रका स्थायी बासिन्दा रहेका १ सय ५० भन्दा बढी मजदूरलाई लकडाउनको समयमा भारत तर्फ जादै गरेको अवस्थामा नेपाल भारत सिमा क्षेत्रबाट उद्दार गरेर भैरहवा स्थित निमा–प्रतिमा प्राबिधिक शिक्षालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
उद्दार गरिएका मजदूरहरुमा १४ जना महिला र अन्य पुरुष रहेका छन् । क्वारेन्टाइनमा प्रवेश गर्नु अघि उनिहरु सबैको स्वास्थ्य जाच गरिएको थियो । उनीहरुको नियमित स्वास्थ्य जाचका लागि क्वारेन्टाइनमा स्वास्थ्य जाचको ब्यवस्था समेत गरिएको छ ।
तीन तलाको कलेजको भवनका कोठाहरुमा उनिहरुलाई ब्यवस्थित तरिकाले राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। क्वारेन्टाइनमा रहेका भारतिय नागरिकको सुरक्षालाई समेत मध्यनजर राख्दै क्वारेन्टाइनमा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।
यस्तै उनिहरुको सम्पुर्ण खानपिनको ब्यवस्था सिद्धार्थनगर नगरपालिकाले ब्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी प्रमुख तुल्सीराम मरासिनीले जानकारी दिए।
क्वारेन्टाइनमा बसेका भारत बिहारका रबिन मोदी आफु भारतबाट रेल चढेर नेपाल भारत सिमा देखि झण्डै ८ किलोमिटर नौतनवा आएको र त्यहाबाट पैदलै नेपाल सम्म आउदा प्रहरीले समातेर क्वारेन्टाइनमा ल्याएको बताए।
उनले आफुलाई के कारणले क्वारेन्टाइनमा ल्याइयो भन्ने कुनै जानकारी नभएपनि यहाँको ब्यवस्थापन र ब्यवहार भने सन्तोषजनक रहेको बताए। यस्तै भारतको गोरखपुरका बाबुलाल साहानी काठमाण्डौ बाफल स्थित गार्मेन्ट उद्योगमा कपडा सिलाउने काम गर्दै आएकोमा सबै बन्द भएपछि घर जान काठामाण्डौबाट पैदलै भारतिय सिमा क्षेत्रमा पुग्दा सिमापार गर्न भारतिय सुरक्षाकर्मिले रोकेपछि नेपाल प्रहरीले उद्दार गरेर क्वारेन्टाइनमा ल्याएको बताए।
साहानी सहित काठमाण्डौमा सिलाईको काम गर्दै आएका २८ जनाको टोली पैदलै सिमाक्षेत्रमा आइपुगेको थियो । क्वारेन्टाइनमा आवास र खानपिनको ब्यवस्थापन ब्यवस्थित गरिएको उनिहरुको भनाइ छ ।
यस्तै भैरहवा स्थित एक फर्निचर कारखानामा रंगरोगनको काम गर्दै आएका भारत उत्तर प्रदेश देवरियाका साधु यादव आफुसंगै काम गर्ने अन्य २ जना सहकर्मि सहित भारत स्थित घरमा जानलाग्दा रोकिएको बताए । उनले भने–‘दुइ दिन अघि सम्म कारखानामा काम चलेको थियो तर, मालिकले एक्कासि कारखाना बन्द गरेपछि अलपत्र पर्र्यौ । घर जान थाल्दा सिमामा रोकियो नेपाल प्रहरीले यहाँ ल्यायो ।’
उक्त क्वारेन्टाइनमा राखिएका भारतिय नागरिकको अवस्था बारे प्रदेशसभा सदस्य नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले निरिक्षण गरेेेका थिए।
स अवसरमा प्रमुख जिल्ला अधिकारी महादेव पन्त लगायत सुरक्षा निकायका अधिकृतहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रमुख सचेतक ढकालले महामारिको संक्रमण नियन्त्रणका लागि नेपालमा रहेका भारतिय नागरिक लाइ नेपालमा क्वारेन्टाइनमा रहदा सम्म सम्पुर्ण ब्यवस्थापन नेपाल सरकाले गर्ने बताए। प्रमुख जिल्ला अधिकारी पन्तले भारतिय नागरिकहरुको सम्पुर्ण ब्यवस्थापन, स्वास्थ्य र सुरक्षाको ब्यवस्थापन गरिएको बताए ।रासस