कपिलवस्तु-देश कोरोना भाइरसको कारण लक डाउनको अवस्थामा रहेको बेला कपिलवस्तुमा एक बालिकाको बलात्कार भएको छ । शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १५ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको छ ।
घटना बैशाख ३ गतेको हो । रिता (नाम परिर्वतन) लाई विसुनपुर कै बर्ष २२ को सागिर अलि (पाँचु) भनिने व्यक्ति बलात्कार गरेको बालिकाको परिवारले आरोप लगाएको छ । स्थानिय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लागी युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ ।
बलात्कार भएकी बालिकाको परिवारका अनुसार सोहि दिन उनको आमा कामको शिलशिलामा बाहिर गएको अवस्थामा मतियार शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लिएर गएकी र कोठामा पहिलेबाट नै बसेको बलात्कारका आरोपी सागिर अलि (पाँचु) र बालिकालाई कोठा राखिदिएर बन्द गरिदिएको जनाएको छ । बालिकाको हजुर बुबाले बालिकालाई घरमा बोलाउदाँ नआएको र खोज्दै जादाँ निज मतियारको घरमा बन्द कोठामा भेटिएको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेको छ ।
बालिकाले आफु माथी ३ पटक जबरजस्ती करणी भएको बताएको परिवारले जनाएको छ । बालिका बलात्कार भएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले मतियार रेहान बानु शेखलाई सोहि दिन नै नियन्त्रणमा लिएको छ भने बलात्कारका आरोपी सागिर अलि जबरजस्ती करणीको मुद्धा दर्ता गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश अर्यालले बताए । आरोपी फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।