गुल्मी-गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।
बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।