दाङ- रोल्पाको त्रिवेणी गाउँपालिकामा पुरानो बम नचिनेर खेलाउने क्रममा विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको रोल्पाका सिडिओ लक्ष्मण ढकालले जानकारी दिए।
बालबालिका घरनजिकै खेलिरहेको बेला विस्फोट भएको हो। अहिले घटनास्थलमा सेना पुगेको सिडिओ ढकालले जानकारी दिए।