कपिलवस्तु-कपिलवस्तुमा एक स्थानीय तहका वडाध्यक्षको हत्या प्रयास भएको छ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
दुई जना अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेपनि उनलाई गोली नलागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।