काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइएको छ ।
नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । वैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले आत्मालोचना गरेका छन् ।
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपल्ट सरकारले लिएका निर्णयका बारेमा आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
नेता माधव नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।
योसँगै नेकपामा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ ।