रुपन्देही । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको सडक पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भएको हो ।
यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो । बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको थियो ।