बुटवल । रुपन्देहीको तिलोत्तमामा सामुदायिक वनमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परेर जलेको छ । बुधवार दिउँसो तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेको थियो । त्यसपछि प्राप्त सूचनाका आधारमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो ।
आगो निभाउन गएको दमकल आफैँ आगोमा परेको हो । हावाहुरीसँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।