बुटवल। तिनाउ नदिमा आज फेरि बाढी आएको छ । राती देखि परेको अविरल वर्षाका कारण नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । बाढीले आसपासका बस्ती जोखिमपूर्ण अवस्थामा पुगेका छन् । बाढी मापदन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।
अहिले तिनाउको जलसतह ६ दशमलव ९ मिटर पुगेको छ । ५ मिटर भन्दा माथि खतराको तह मानिन्छ । जलसतह बढ्ने क्रममा रहेको छ । । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।