बुटवल । शाइन रेसुङ्गा बैंकमा कार्यरत एक कर्मचारी मणिमुकुन्द सेन उद्यान (बुटवल फूलबारी)मा मृत फेला परेका छन् । बैंकमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सोमबार बिहान फूलवारीको एक रेष्टुरेन्टमा खाजा खाएका शर्मा केहीबेरपछि उद्यानको एकान्त स्थानमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले जानकारी दिए । शर्मा बुटवलको ट्राफिक चोक शाखामा बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।