दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोर निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।