बुबुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बिहीबार राति गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवामा सडकबाट खस्दा रिब्दीकोट–३ का विष्णु ढकालको मृत्यु भएको हो ।
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका १२ का यमराज पुन र त्रिवेणी गाउँपालिका ५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएको छ । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको हो । टिपरका चालक दाङको घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।