भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरुमा दुईदिन जाडो विदा दिएको छ ।
अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले माघ ४ देखि माघ ५ गतेसम्म सम्पूर्ण धार्मिक तथा सामूदायिक विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिए ।
अध्यक्ष बरईका अनुसार दुईदिन वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको हो । यसअघि पनि मर्चवारीले पुस २३ देखि पुस २६ गतेसम्म (चार दिन) जाडो विदा दिएको थियो ।