बुटवल । बुटवल उपमहानगरापलिका–२ पाखामानीमा एक पुरुषको शव फेला परेको छ । विहिबार विहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
बिहिबार बिहान ११ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सार्की विहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रनाउ पण्डितले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका वडा–११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।