बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत शनिबार मतदान भएको थियो ।
शनिबार राति सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । नेतृत्वका लागि खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानल चुनावी प्रतिष्पर्धामा थिए ।
निर्वाचनमा दधिराम खरेलले १ हजार ४ सय ३६ मत ल्याइ विजयी हुनुभएको हो । त्यस्तै अन्य सञ्चालकहरुमा रामचन्द्र खडका १ हजार २ सय ८३, जितेन्द्र खत्री १ हजार ३ सय ३१, नारायणप्रसाद भण्डारी १ हजार २ सय ५१, नारायणप्रसाद घिमिरे १ हजार २ सय ६३, गोपालबहादुर पौडेल १ हजार ३ सय ८६, चेतनारायण बेलबासे (गोली नारायण) १ हजार ३ सय २६ मत ल्याइ विजयी हुनुभएको छ ।
त्यसैगरी रामचन्द्र भुसाल १ हजार ४ सय ६७, सुरेन्द्र श्रेष्ठ १ हजार ३ सय ८४, मोहन पिएस १ हजार ४ सय ४० र जीवनकुमार बन्जाडे १ हजार ३ सय ४७ मत ल्याइ विजयी हुनुभएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिनुभयो ।
उता अर्को प्यानलको नेतृत्व गर्नुभएका पदमराज गाहाले भने जम्मा ६५९ मत मात्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै रुट नम्बर १ ख मा जिवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयकुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खराल निर्विरोध हुनुभएको छ भने रुट नम्बर ४ मा थम्मनबहादुर बस्नेत, ५ मा कमलबहादुर क्षेत्री, ६ मा रामभगत चौधरी, ७ मा शंकर ज्ञवाली (प्रकाश), ९ मा हिमाल श्रेष्ठ, १० मा युवराज नेपाल, ११ मा सुर्यप्रकाश ढुंगाना, १२ मा मनबहादुर पौडेल, १३ मा टेकराज भट्टराई (रामु), १४ मा डोरनाथ ढकाल र १५ मा प्रकाश बन्जाडे विजयी हुनुभएको छ ।