पर्सा-रक्सीले मातेर आएका बाबुको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ।
पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति बाबुले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको हो। ७० वर्षका वृद्ध लक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधो साह गम्भीर घाइते भएका थिए।
छुरा प्रहारबाट घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।
घटना पश्चात् मृतक साहका बुवा लक्ष्मीलाई प्रहरीले पक्राउ गरेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको सिंहले बताए।