बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल–३ का ७२ वर्षीय पुरुषको आज बिहान पौने दशबजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।
ति पुरुष गत असोज २ गते अस्पतालमा आएपछी उनलाई भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो । सोही दिन पीसीआर जाँच गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषमा ज्वरो, मधुमेह, मुटु रोग, उच्च रक्तचाप र श्वासप्रस्वासको समस्या रहेको डा. गौतमले जानकारी दिए ।