काठमाडौं । नेपालमा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।