भैरहवा-भैरहवामा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
सैनामैना नगरपालिका वडा नं ८ का ७३ वर्षीय पुरूषको मंगलबार राति ११ बजे भैरहवाको कोभिड –१९ अस्पताल भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।
दीर्घरोगी समेत रहेका संक्रमितको स्वास्थ्यमा समस्या भएपछि सोमबार मात्रै उपचारका लागि अस्पतालमा भर्ना भएका थिए।
८ वर्ष अघि मुटुको अप्रेशन समेत गराएका उनी उच्च रक्तचाप, मधुमेहका बिरामी समेत रहेका थिए। उनीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सहित रुपन्देहीमा मृतकको संख्या १३१ पुगेको छ।