काठमाडौं । नेपाली कांग्रेसले पुस १३* गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए।
अहिले केन्द्रीय कार्यसमिति बैठक जारी छ। केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन्। मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ।
*पुस १३ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।