बुटवल । नेपाल डेरी एशोसिएसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा सुरु भएको छ । साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य वस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताएका छन ।
उनले कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्तालहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिए ।
मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसँग आवद्ध भएका व्यवसायीहरुले अझ बढि गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गरे ।
उनले कुनै पनि बस्तु उत्पादन पश्चात यसको उपभोक्ता सम्म लैजानको लागि विश्वास जित्नु आवश्यक रहेको भन्दै मुख्य मन्त्रीले यसको लागि उपभोक्ताको स्वाथ्य समेत ख्याल गर्न आग्रह गरे ।
आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताए ।
दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उनले जसलाई विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरुलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताए ।
उत्पादनलाई व्यवसायीकतामा जोड्नपर्ने भन्दै मुख्य मन्त्री पोखरेलले घरको लागि दुध उपभोग गर्न पशु पाल्नु भन्दा पनि वाहिरबाट किनेर ल्याउदा महंगो हुने विषयमा उपभोक्तलाई बुझाउन जरुरी रहेको बताए । उनले नेपालमा उत्पादनको क्षेत्र व्यापक रहेको भन्दै बजारलाई विस्तार गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
डेरी व्यवसायीहरुले आफ्नो बजार विस्तार गर्नुपर्ने बताए । यसको लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
उत्पादन लागतलाई कम गरी मुनाफा बढि गर्नको लागि सामुहिक लगानी आवश्यक भएको भन्दै किसानहरुलाई नै सहभागी गराएर उत्पादनमा साझेदारी गर्न आवश्यक रहेको बताए ।
उनले आधुनिक प्रविधिको एकै पटक प्रयोग गरि बजारीकरण गर्नमा सहज हुने र लागत मुल्य समेत कम गर्न सकिने बताए । उनले भने–‘संस्थागत रुपमा अगाडी बढुनुको विकल्प छैन । यसमा सबै व्यवसवायीहरुको साथ र सहयोग आवश्यक छ ।’
डेरी व्यवसायीहरुले आफुले दुध संकलन गर्ने काम मात्रै गर्नुभन्दा पनि किसानहरुलाई पनि सहभागी गराएर दाना उत्पादन देखि लिएर दुध उत्पादन, बजारीकरण र उत्पादकत्वमा समेत वृद्धि गर्न सकिने बताए ।
मुख्य मन्त्री पोखरेलले अरुलाई रोक्नु मात्रै साधानको विषय नभएको बताए । सरकारले बाहिरबाट आयात गरिने पाउन्डर प्लान्ट रोक लगाएको प्रति उनले भने–‘हामीले उत्पादनलाई सोही अनुपातमा उत्पादन गर्न सक्छौ या सक्दैनौ, गुणस्तरमा प्रतिष्पर्धा गर्नु आवश्यक छ, यसा ध्यान जान जरुरी छ ।’
उत्पादनमा आधारित अनुदान प्रदेश सरकारले वितरण गर्दा राम्रो प्रतिफल प्राप्त भएको जानकारी दिए । उनले कृषिमा अनुदान लक्षित समुदायमा पुराउने काममा सरकारल लागिपरेको बताए । लक्षित समुदाय भन्दा पनि व्यवसायीकता बढि गर्ने किसानहरुलाई थप व्यवस्थापन गर्ने गरी योजना अगाडी बढाएका ाछै ।
प्रदेश सरकारले शुन्य व्याजमा कर्जा प्रदान गर्ने गरी बैंकहरु संग सल्लाह गरिएको जानकारी दिए ।उनले भने –‘शुन्य व्याजदरमा लगानी गर्न सकियो भने अनुदान दुरुपयोग हुने कुरा नै हुदैन ।’
किसानहरुलाई ४ महिनामा सम्झौता अनुसार काम गर्न अवसर दिइएको भन्दै अनुदान दुरुपयोग भएको भए अनुदान फिर्ता गर्नुपर्ने बताए । उनले भने–‘हिजोको दिनमा केन्द्र सरकारले दिने अनुदान अनुगमन हुने थिएन, तर अहिले प्रदेश सरकार आएको छ, हामीले पहिला अनुदान दुरुपयोग भएकोमा अनुदान फिर्ता गर्छौ, पछि दण्ड जरिमाना समेत हुने छ । ’
कार्यक्रममा प्रतिनिधीसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र याउनु आफैमा गलत भएको धारणा राखेका थिए । उनले यसको लागि सरकार निकायबाट पहिला कुन कुनु क्षेत्रमा यहाँका व्यवसायीहरु लगानी गर्न आत्मनिभएर छन् भन्ने विषयमा निरर्कोल गरी बल्ल मात्रै लगानी भित्र्यानुपर्नेमा जोड दिए ।
यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धान पछि नेपालको सबैभन्दा बढि कृषि क्षेत्रमा दुधको योगदान बढि रहेको जानकारी गराए । उनले सरकारी संस्थान र नीजी व्यवसायीहरुको विचमा प्रतिष्पर्धा भन्दा पनि सहकार्य गरेर जान सकिने बताए ।
यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताएका थिए ।
कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यत्रलय भैरहवाका प्रमुख विमल दाहाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय उप सभापती गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुरा बोहोरा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल डेरी एशोसीयसनको बारेमा पुर्व अध्यक्ष सुमित केडीया, एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट परेका थिए ।
कार्यक्रममा प्रदेश ५ का संयोजक कृष्ण प्रसाद भट्राईको स्वागत, केन्द्रीय महासचिव प्रलाहद दाहलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उत्कृष्ठ डेरी व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।