दाङ- दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० बर्षिय देवि गैरेको आफ्नो घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
कपडा सुकाउने क्रममा तीन तल्ले घरको छतबाट खस्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे।