बुटवल-बुटवल उपमहानगरपालिकाले चिसो बढ्दै गएकोले बुटवलका विद्यालयहरुमा २ दिन बिदा दिएको छ। उपमहानगरपालिकाले सूचना निकालेर केही दिनदेखि अत्याधिक चिसो बढेकाले २ दिने स्थानीय बिदा दिएको जनाएको छ।
उपमहानगरले माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौती हुने जनाएको छ।