अर्घाखाँची- अर्घाखाँचीमा घर भत्काउने क्रममा दुई मजदुर घाइते भएका छन्। जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको आकासे पुल नजिकै स्थानिय कृष्ण खनालको पुरानो घर भत्काउने क्रममा उनीहरु घाइते भएका हुन् ।
घर भत्केर भित्तामा च्यापिँदा दाङ्ग लमहीका २७ वर्षिय प्रदिप चौधरी र अर्घाखाँचीको मालारानी गाउँपालिका रनतमाणे बस्ने बर्ष ४२ का रमेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक रामनारायण गुप्ताले बताए। चौधरीलाई छाती र हातमा चोट लागेको छ ।
उनको थप उपचारको लागि अर्घाखाँचीबाट बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ। रमेश नेपालीको अवस्था सामान्य रहेको जिल्लामै उपचार भइरहेको प्रहरीले जनाएको छ।