काठमाडाैँ- वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीलाई संसद देख्दा तर्सिहाल्ने गरेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै विडारीले प्रधानमन्त्रीलाई संसददेखी डराउने पार्लियामेन्ट्री फोबिया रोग लागेको बताए। ‘संसद् देख्नै नचाहने, देख्यो कि तर्सिहाल्ने प्रधानमन्त्री ओलीलाई पार्लियामेन्ट्री फोबिया भएछ।’ उनले भने ‘प्रतिनिधससभा विघटन त गर्नुभो गर्नुभो, राग्ष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो।’
राष्ट्रिय सभा सदस्य समेत रहेका विडारीले प्रधानमन्त्रीले संविधानमा लेखेको कुरा नमानेर अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्न नमिल्ने तर्क गरे। ‘हाम्रो संविधानको व्याख्या गर्नु प¥यो, अर्काको देशको संविधानको ब्याख्या गरेर हुँदैन’ उनले भने, ‘भारतको संविधान हेरेर नेपालको संसद विघटन गर्ने।’
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राज्यविरूद्धको अपराध गरेको भन्दै प्रधानमन्त्रीलाई अहिले कारबाही नगरे अरु प्रधानमन्त्रीले पनि त्यसै गर्ने उनको तर्क थियो।