भैरहवा- जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर सिमाक्षेत्रबाट जुवाडे युवाहरुको समूहलाई पक्राउ गरेको छ। सिद्धार्थनगर २ मेउडिहवा स्थित खाजा नास्ताको होटलबाट नेपाली र भारतीय १८ जुवाडेलाई नगद सहित नियन्त्रणमा लिएको हो।
होटलमा जुवा तास खेलीरहेको गोप्य सुचनाका आधारमा कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलिले छापा मार्दा स्थानीय सरेख कहारको घरमा खाजा नास्ता पसल संचालन गर्दै आएका तारा रानाको कोठाबाट जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
‘नेपालका ९ र भारतका ९ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका छौं’ उनले भने। उनीहरुको साथबाट नगद ६० हजार नेपाली रुपैया र ३२ हजार ६ सय ७० भारतीय रुपैया बरामद गरेको डिएसपी थापाले बताए।
पक्राउ पर्नेमा भारतको माहाराजगंज सुनौलीको ३६ वर्षिय ताहिर अली, २८ वर्षिय दिलिप कुमार,२१ वर्षिय गोरख कुमार, ३० वर्षिय रमेश यादव, ४० वष्यिि अवरार हुसेन, २० वर्षिय बद्रे आलम, २४ वर्षिय अजिजुल अली, २६ वर्षिय सलिम मुसलमान र २५ वर्षिय सुलेमान खान रहेका छन।
नेपालीहरुमा सिद्धार्थनगर–२ सोही स्थान बस्ने ३२ वर्षिय साजिद अली, २९ वर्षिय बृजेश यादव, ३६ वर्षिय राजेशकुमार कोहार, सिद्धार्थनगर ६ बस्ने ३० वर्षिय फारुफ अली, २८ वर्षिय कृष्ण गुप्ता, सिद्धार्थनगर ४ बस्ने २६ वर्षिय विरेन्द्र गुप्ता, सिद्धार्थनगर ८ बस्ने ३१ वर्षिय दिपक पाण्ड, ३० वर्षिय बसन्त घिमिरे र सिद्धार्थनगर–३ बस्ने ५५ वर्षिय अयोध्या वानिया रहेका छन।
उनीहरुलाई जुवा ऐन अन्तरगत सम्मानित जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेको डीएसपी थापाले जानकारी दिए ।