बुटवल- रुपन्देहीमा कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन्। जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
UP 55 N 4948 नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हाे। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।