सिराहा- सिराहामा मालपोत कार्यालय नजिक बम विस्फोट हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।
लाहान नगरपालिकाको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको हो जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।