काठमाडौं : विदेशि मुलुकहरुबाट आज १७ शव नेपाल ल्याइएको छ । मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
शव बुझनको लागि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विमान स्थल पुगेका थिए । आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई ओटा गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको रहेको थियो ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ।
तीमध्ये गोरखा–२, सिरानचोक–५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ वर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !”