बर्दिया -बाघको आक्रमणबाट बर्दिया राष्टिय निकुञ्जका कर्मचारीको मृत्यु भएको छ। गैडा गणना गर्न हात्ती सहित गएका माहुतेलाई बाघले आक्रमण गरेको हो।
ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षिय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको हो।
हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनलाई आक्रमण गरी २ सय मिटर जति टाढा लगेको थियो। आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाएर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ।