भैरहवा -रुपन्देहीमा हत्याको आरोपमा दोषि ठहर गरिएका एक व्यक्ती २३ वर्ष पछि पक्राउ परेका छन्। २०५६ सालमा हत्यामा संलग्न कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो । ३७ वर्षिय यूवराज ढकाल भन्ने भुवन ढकालले २०५६ सालमा हत्या गरेपनि जिल्ला अदालत रुपन्देहीले उनलाई २०६४ सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाएको फैसला गरेको थियो ।
ढकाललाई रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीकोप्रहरी टोलीले कंचन गापा २ हात्तिबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीका अनुसार विगतमा बस्दै आएको रुपन्देहीको साविक गजेडी ९ लौसाबाट बसाई सराई गरी ढकालले चितवनको साविक गितानगर ७ बाट नागरिकता बनाएका छन् । गत माघ महिना देखि रुपन्देहीको कंचनगापा २ हात्तिबजारमा कुखुरा फर्म संचालन गरी बस्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो ।
हत्याको आरोपमा अदालतबाट दोषि ठहर भएका व्यक्ती सम्बन्धित स्थानमा रहेको सूचना प्राप्तपछि उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देही पठाइएको रुपन्देहीका डिएसपी एवं प्रवक्ता थापाले बताए ।