नवलपुर - नवलपरासी पूर्वको चौधरीग्राम स्थित वियर प्लाण्टमा आगलागी भएको छ । देवचुली नगरपालिका २ मा रहेको उद्योगमा विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरिले बताए । त्यसै गरि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेनाको टोली पनि आगो निभाउन खटिएको छ । आसपासका जिल्लाबाट अरू दमकल बोलाएको गिरिले बताए।
आगलागीबाट वियरको गोदाममा बढी क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ।