बुटवल-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ चोरखोलानजिकै पहिरो खसेपछि पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। बिहान ८ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रहरीले सो सडकमा पैदल यात्रा र सवारीबाट यात्रा नगर्न आग्रह गरेको छ। पहिरो हटाउने प्रयास भइरहेको छ।