बुटवल । स्तम्भकार समाज रुपन्देही पुनर्गठन भएको छ । जानकीनगरमा आज आयोजित एक कार्यक्रममा माधबकुमार पौडेलको अध्यक्षतामा ७ सदस्यीय स्तम्भकार समाज गठन गरिएको हो ।
जसको सचिवमा हुमराज पौडेल तथा सदस्यहरुमा ऋषि आजाद, दुर्गाप्रसाद शर्मा, इन्दिरा अर्याल, मिनाच्छी न्यौपाने र सीमा वन रहनुभएको छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार मदनलाल पौडेलले गुणस्तरीय स्तम्भ लेखन आवस्यक रहेको बताउनुभयो । लेखकहरु संगठित हुन यस्ता संस्था गठन जरुरी रहेको बताउँदै उहाँले लेखक तथा स्तम्भकारले समाजलाई दिशा निर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।
स्तम्भकार समाजका सस्थापक अध्यक्ष अर्जुन ज्ञवालीले स्तम्भकारहरुलाई संगठित गर्न समाजको गठन गरिएको जनाउँदै यसलाई अझै विस्तार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्तम्भकार झपेन्द्र जीसीले बजारमा सामानको मूल्य निर्धारण भएजस्तो स्तम्भ तथा लेखको मूल्य पनि पाठकले गर्ने भएकाले विषय छनौटमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
स्तम्भकार राजेन्द्रकुमार आचार्यले समाजमा सुचनालाई प्रभावकारी ढंगले मिडिया मर्जको अवधारणा अघि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्तम्भकारहरु दुर्गा पौडेल, दलबहादुर गुरुङ, लक्ष्मण ज्ञवाली, लिलाबल्लभ ढकाल, रामप्रसाद आचार्य, निरु गौतमलगायतले स्वतन्त्र भएर समाजका बिकृती विसङ्ग्गतीबिरुद्द कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
चार वर्षअघि गठन भएको यो संस्थालाई व्यवस्थित बनाउन विधान तयार तथा दर्ता गरी अगाडि बढाउने, विभिन्न पुरस्कार स्थापना गर्ने, संस्थामा रहने सबै सदस्यहरुलाई संस्थागतरुपमा विद्यागत लेखनीमा उत्प्रेरणा दिने, लेखन सामग्रीको नियमित पारिश्रमिक व्यवस्थापनका लागि पहल गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरिएको छ ।