रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफासिमा नेपालको संबिधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १२ गते शुक्रबार दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले आज एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
मुख्यमन्त्री चौधरीले जेठ ९ गते प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नुभएको थियो ।