लुम्बिनी । शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी ९पश्चिम० रामग्राममा भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि गरेको उत्खनबारे जानकारी दिन आईतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचिन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।
उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गर्नुभयो । उहाँले अहिले भएको उत्खननबाट फेला परेका प्राचिन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताउनुभयो । उहाँले विहारका भग्नाअवशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको समेत बताउनुभयो । उहाँले रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भममा स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ । रामग्राममा प्राचिन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचिन सामाग्रहीहरु फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचित सहर रहेको देखिएको बताउनुभयो । उहाँले कोलिय राज्यको सहरका रुपमा पण्डितपुर हुनसक्ने आधारहरु देखा परेको बताउनुभयो ।
उत्खनन र भौगर्भिक सर्भेका बारेमा दुर्गाह विश्वविद्यालयका प्रा डा रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचिन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले आफुहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचिन संरचनाहरु पत्ता लगाउने भएपनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खखन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताउनुभयो ।
रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र बस्तुहरुको कालअवधी ९समय० पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताउनुभयो ।कार्यक्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लागतको उपस्थिती रहेको थियो ।
रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठभागमध्येको एक ठाउँ हो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।