काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाका मीनबहादुर घले र चन्द्र घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो ।
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो।
उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ। कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने भन्सार प्रमुख पाण्डेले जानकारी दिनुभयो ।