बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनाका मृतकको परिचय खुलेको छ। मंगलबार दिउँसो बुटवलको मिलनचोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको माइक्रो बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो।
मृत्यु हुनेमा भारतीय नगरिक ४७ वर्षिय दिनेश सिंह रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार बुटवलको अमरपथमा सिलाई कामदारको रुपमा काम गर्दै आएका सिंह भारतको महाराजगन्ज जिल्ला नौतनवाका बासिन्दा हुन्।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले मृतकका आफन्तहरू आएर सनाखत गरेको बताउनुभयो । पण्डितका अनुसार कानुनी प्रक्रिया पुरागरी पोष्टमार्टम गरिने र सम्भव भएसम्म आजै आफन्तलाई शव बुझाईने छ।