बुटवल । अत्यधिक चिसो तथा शितलहर चलेपछि रूपन्देहीको बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिनुभयो ।
‘मौसम हेरेर तीन दिनपछि बिदा थप गर्ने वा रोक्ने पछि निर्णय गर्छौं’, खनालले भन्नुभयोे, ‘अहिललेलाई तीन दिनमात्र बिदा हो ।’ बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ५९ गरी कूल ९८ वटा विद्यालय छन । ९ वटा मन्टेश्वरी छन् । नर्सरीदेखि कक्षा १२ सम्म उपमहानगरपालिकाभित्र कुल ६७ हजार २५६ जना विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि रूपन्देही लगायत तराईको जिल्लामा अत्याधिक चिसो बढेपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।