बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा मंगलवार साँझ भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा केही घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका छन् ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।