बुटवल । पाल्पामा जीप दुर्घटनामा परी मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ । पाल्पाको डुम्रे बजारबाट कुसुमखोला जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप तिनाउ गाउँपालिका-६ मस्यामको चिदिसमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ८ जना यात्रुकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चार जनाको पहिचान खुलेको छैन ।
यस्तै अस्पतालले घाइतेको नाम सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी कार्यालयबाट भने हालसम्म पुष्टि हुन सकेको छैन । लुम्बिनी मेडिकल कलेज १९ नाम घाइतेको नाम सार्वजनिक गरेको हो ।
लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीअनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ कि २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार, ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका रहेका छन् ।
उकालोमा जीप व्याक भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।